नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ७० हजार नाघ्यो : ९ सय ३७ जनाले ज्यान गुमाए

Image

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ७० हजार नाघेको छ । गएको २४ घण्टामा दुई हजार पाँच सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा काेराेना सङ्क्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै हाल सम्म काेराेना सङ्क्रमणमुक्त हुनेको संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको छ । अहिले नेपालमा ३८ हजार ५ सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै काेराेना स‌क्रमण बाट पछिल्लाे २४ घण्टामा १७ जनाले ज्यान गुमाएका छन । यफ सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन