बझाङमा कोरोना संक्रमितको संख्या ६ सय २५ पुग्यो

बझाङ : बझाङमा शुक्रबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ जना सुरक्षाकर्मी, जयपृथ्वी नगरपालिकाका ६ जना र सुर्मा गाउँपालिकाका २ जना रहेका छन् । अहिलेसम्म कोरोना संक्रमित नभेटिएको सुर्मा गाउँपालिकामा पहिलो पटक २ जना कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै बझाङमा कोरोना संक्रमितको संख्या ६ सय २५ पुगेको छ । ५ सय ७७ जनाले हाल कोरोना संक्रमण जितेका छन् भने ४६ जना हाल आइसोलेसनमा बसिरहेका छन् । ३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

Loading...