बझाङमा वेपत्ता एक महिलाको सेती नदी किनारमा कपडा र चप्पल भेटियो, अर्कि महिला पनि अझै फेला परिनन्

Image

बझाङ : जिल्लाको जयपृथ्वी नगरपालिकाकी तीन दिन देखि वेपत्ता एक महिलाको सेती नदी किनारमा कपडा र चप्पल भेटिएको छ ।

बुधबार देखि बेपत्ता भएकी जयपृथ्वी नगरपालिका ७ खगेडाकी ५० वर्षीया खन्टि रोकायाको चप्पल र लुगा सेती नदी किनारमा फेला परेको स्थानीयले बताएका छन् । वेपत्ता रोकायाको चप्पल र लुगा सेती नदी किनारमा फेला परेपछि नदीमा हाम फालेको हुनसक्ने अनुमान गरिएको छ । बेपत्ता रोकायाको खोजी कार्य भइरहेको स्थानीयले बताएका छन् ।

यस्तै ८ दिन देखि बालिका सहित वेपत्ता अर्कि महिला पनि अधै फेला परेकि छैनन् । वित्थडचिर गाउँपालिका ७ सुवाकोट घर भएकी मुन्नी बिक कात्तिक ६ गतेदेखि बेपत्ता भएकी थिइन् । सुवाकोट कर्म घर भएकी उनी ६ गते घरमा देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य चेकजाँच गरेर माइती घर जान्छु भनी हिडेकी उनी अन्दाजी ८ वर्षीया बालिका सहित सोही दिनदेखि बेपत्ता भएकी हुन् ।  घरबाट निस्केपछि उनले देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा लिएको देखिएको छ ।

पातलो चेहरा भएकी उनी ४ महिनाको गर्भवतीसमेत रहेको पारिवारिक स्रोतले प्रहरीलाई पेश गरेको निवेदनमा उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालयले बझाङले जिल्ला भरका प्रहरी इकाईलाई हुलिया खुलाई खोजी कार्यमा लाग्न निर्देशन दिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन