चाडपर्वका बेला चोरीका घटना बढदै, बिजगडाको एक पसलमा नगद सहित सात लाख बराबरको समान चोरी

बझाङ :  जिल्लाकाे बुङ्गल नगरपालिकामा दिनानुदिन चाेरीका घटना बढी रहेका छन् ।  आईतबार पनि बुङ्गल नगरपालिका वडा नं ४ विजगडाको सुपरमार्केट बजारमा रहेको जय केदार किरना पसल एण्ड फेन्सी स्टोेरमा चोरी भएको होे ।

पसल संञ्चालक दशैको लागि घर गएको समय मिलाएर चोरहरुले पसल फोडेर ९० हजार नगत रहित करीब ७ लाख  मुल्य बराबरको सामान चोरी भएको पसलका संञ्चालक जनक कुँवरले जानकारी दिए । उनका अनुसार आफु ९ गते आईतबार दशैको लागि घर पसल बन्द गरी घर गएको र सोेमबार बजारमा बस्नेहरुले जानकारी गराए पछि मात्र पसल चोरी भएको थाहा पाएको बताए । पसलमा राखेको रेडिमेड कपडा , फेन्सी कपडा ,जुत्ता चप्पल साबुन ,चाउचाउ ,सोयाविन, चोखोपन ,चुरोट,नम्कीन,धुप ,वगलकम, र नगत सहित नगरीताको प्रमाण पत्र पनि चोरी भएको छ ।

चोरी कसले गर्यो भनेर एकिङ थाहा नभएको र पसल संञ्चालकले दिएको जानकारीका आधारमा केहि संकात्मक व्यक्ति लाई प्रहरीले बोलाई सोधपुज गरी छाडेको अस्थायी प्रहरी विट बिजगडानले जनाएको छ । यस बिषयमा अनुसन्धान ,खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । सोहि बजारमा यो भन्दा अगाडी पनि पटक पटक चोरी भएको भएपनि  अहिले सम्म चोर पत्ता लगाउन सकेको छैन ।

Bungal Purai
Bithadchir 2
Loading...