बझाङमा बजार अनुगमनमा तिब्रता : एक लाख बढीका म्याद गुज्रेका सामग्री बरामद गरि नष्ट

बझाङ । बझाङमा बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । दशै तिहार लगायतका चाडपर्वका बेला हुन सक्ने कालोबजारी ,मिसावट लगायत गतिविधि नियन्त्रण लागी बझाङमा बजार अनुगमन कार्यलाई तिब्रता दिईएको हो ।
जिल्लाको बुङ्गल नगरपालिकाका विभिन्न बजारहरु गरिएको अनगमनका क्रममा बुङ्गल नगरपालिकामा मात्रै १ लाख बढीको अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको छ । अखाद्य वस्तुको विक्रि वितरण रोक्ने,म्याद नाघेका वस्तुको विक्रि वितरण रोक्ने, र खाद्य अधिकारका बारेमा व्यापारी तथा उपभोक्ताहरुलाई जागरुक बनाउनका लागि बजार अनुगमन गरिएको अनुगमन समिका सदस्य (खरिदार) रमाकान्त जोशीले बताए ।

अनुगमनका क्रममा मिठाई , चाउचाउ, चिउरा, बिस्कुट, तेल, खानेपानी ,पिठो , दाल ,मसलाहरु लगायतका म्याद नाघेका सामग्री बरामद गरि नष्ट गरिएको होे । धेरै पसलेहरुले पसल दर्ता नगरेको, उपभोक्ता तथा व्यवसायीले खाद्य वस्तुको उत्पादन मितिका बारेमा चासो नदिने गरेको , र मदिरा इजाजतपत्र नलिइ मदिरा बिक्रीवितरण गरेको लगायतका समस्याहरु देखिएका छन् । त्यस्तै धेरै जसोमा मूल्य सूची र साइन बोर्ड पनि नराखेको पाइएकाले मूल्य सूची राख्न र साइन बोर्ड बनाउन निर्देशन दिइएको जिल्ला घरेलु तथा साना उद्योग बिकास कार्यालयका प्रमुख खडक बोहरा जानकारी दिए।

कार्यालय प्रमुख बोहराका अनुसार कालोबजारी गर्नेलाई अहिले पहिलो पटक अनुगमन गरिएको हुदा सुझाव दिने र दोस्रो पटक कालोबजारी गरेको पाईएमा कारबाही गरिने बताए । बजार अनुगमनका लागि घरेलु तथा साना उद्योग बिकास कार्यालय उध्योग , जिल्ला प्रसासन कार्यालय, जिल्ला समन्वय समिती , बुङ्गल नगरपालिका र प्रहरीको टोलि खटिएको छ । टोलिले जिल्ला सदरमुकामका पसलमा मात्रै नभएर ग्रामीण क्षेत्रमा रहेका पसलहरुमा पनि अनुगमन गरेको छ ।  अनुगमनलाई अझै नियमित गर्न स्थानीयबासीहरुले माग गरेका छन् । चाडपर्वका बेला मात्रै नभएर अन्य समयमा पनि बजार अनुगमन गर्नुपर्ने बुङ्गल नगरपालिका( ४ का राम जाग्रीको भनाई छ । बजारमा किन्ने सामग्री बिषयमा उत्पादन मिति र उपभोग्य मितिका बिषयमा सचेत रहन अनुगमन टोलीले आग्रह गरेको छ ।

Hohel Kananga
Loading...