राष्ट्रिय दलित नेटवर्कद्धारा बुंगल नगरपालिकामा न्यायिक समितिको प्रबाभकारिताका लागि अन्तरक्रिया कार्यक्रम गरीयो 

Image

बझाङ ः जिल्लाको बुङ्गल नगरपालिकामा न्यायिक समितिको प्रभावकारिताका लागि एक दिने अन्तरक्रिया कार्यक्रम गरीएको छ । आईतवार राष्ट्रिय दलित नेटवर्क (आर डि एन ) नेपालको आयोजना , समावेशी फाउन्डेसनको सहकार्यमा र( यु एन डि पि )को सहयोगमा न्यायिक समितिको प्रवाभकारिताका लागि न्यायिक समिति वडा अध्यक्ष र नागरीक समाजका प्रतिनिधिहरु विच अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कर्यक्रममा न्यायिक समितिको प्रभावकारिताका लागि स्थानीय तहमा न्यायिक समितिको भुमिका औचित्य र त्यसका लागि जनप्रतिनिधि न्यायिक समिति , नागरिक समाजले खेल्नु पर्ने भुमिका र न्यायिक समितिले काम गर्दा भएको अप्ठ्यारोका बारेमा छलफल गरेको आर डि एन नेपालका केन्द्रीय सदस्य एवं थलरा गाउपालिका कार्यपालिका सदस्य स्याम सुनारले जानकारी दिए ।

त्यस्तै न्यायिक समितिले न्याय सम्बन्धि संबैधानिक प्रबधान र त्यसको कार्यान्वयनको प्रतिबद्धताको समेत गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन