सत्यराज सिंह बझाङ: बझाङमा जिप दुर्घटना हुँदा चालक सहित ४ जना घाइते भएका छन । चैनपुरबाट भोपुर बजार तर्फ गैरहेको से १ ज १११९ नम्बरको गाढी अनियन्त्री भई भोपुर ब्यारेक नजिकै १० मिटर तल खसेको छ । दुर्घटनामा परि घाइते हुनेमा जयपृथ्वी नगरपालिका वडा नं. ११ का बर्ष २१ का अग्नि जोशी, सोहि ठाउँ घर भएका बर्ष २० का भक्तराज जोशी मष्टा गाउँपालिका ४ घर भएका बर्ष ४२ का शेर बहादुर थापा र चालक सुर्मा गाउँपालिका २ का २३ बर्षिया सुयोग बोहोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी नरेन्द्र सिंह कार्कीले बताउनु भयो ।
घाइते चारै जनाको कम्मर, टाउँको, हात खट्टामा चोट लागेको र अग्निराज जोशीको भने टाउको र कम्मरमा चोट लागेकाले थप उपचारको लागी हवाईजहाज मार्फत नेपालगन्ज रिफर गरिएको छ । घाईते तिन जनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको जिल्ला अस्पतालका प्रमुख डा. सन्दिप ओखेडाले बताउनु भयो ।