बझाङ : बुङगल नगरपालीकामा पहिलो पटक बजार अनुगमन गरिएको छ । दशै नजिकिए संगै नगरपालीकाको बिजगडा बजारमा नगरपालीकाले अनुगमन सुरु गरेको हो ।
म्याद गुज्रेका सामान बिक्री भईरहेको भन्ने गुनासो बढन थाले पछि गरिएको अनुगमनकाक्रममा पसलहरुमा मुल्य सुची नराखिएकोे, म्याद गुज्रेका सामान विक्रि भईरहेको, उत्पादन मितिनै थाहा नभएको र पसल दर्ता नगरी सञ्चालन भईरहेको भेटिएको बुङगल नगरपालीकाकी उपप्रमुख मीना बोहरा जागरीले बताईन ।
बुङगल नगरपालीकाको अगुवाईमा, नगरपालीकाको स्वास्थ्य शाखा, ईलाका प्रहरी कार्यालय, उद्योग बाणीज्य संघका प्रतिनिधि, लगायतको सक्रियतामा बजार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बजारका किराना पसलहरु बाट केहि मात्रामा म्याद नाघेका चाउचाऊ बिस्कुट, सुजी, चिउरा, विभिन्न प्रकारका मसला लगायतका दैनिक उपभोग्यवस्तुहरु भेटिएको स्वास्थ्य शाखा सह संयोजक भुमीराज जोशीले बताए । अधिकांस अखाद्यवस्तुमा उत्पादन मिति नभएको पाईएको छ । दैनिक उपभोग्य म्याद गुज्रिएका सामान नष्ट पारे पछि अनुगमन निकै प्रभावकारी भएको उपभोक्ताहरुको भनाई छ ।