धनगढी – धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किदा तीन जना घाइते भएका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर ८ को नवदुर्गा मन्दिर नजिकै स्थानीय हरिलाल विष्टको घरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किदा तीन जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा ७० वर्षीय विष्ट सहित ६५ वर्षीया बिमला विष्ट र १५ वर्षीया महेश्वरी विष्ट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते मध्ये बिमलाको अवस्था गम्भीर रहेको र उनको पनि माया मेट्रो अस्पतालमै उपचार भईरहेको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुको उद्दार गरी माया मेट्रो अस्पताल पुगाएको छ । घाईते मध्ये बिमलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्