Jayaprithvi Municipality

चोरी डकैती मुद्धामा २ बर्ष देखि फरार एक व्यक्ति चैनपुरबाट पक्राउ

बझाङ : चोरी डकैती मुद्धामा २०७५ सालदेखि फरार रहेका एक व्यक्ति चैनपुर बजारबाट पक्राउ परेका छन् । पक्राउ पर्ने मष्टा गाउँपालिका १ का सुरेश खड्का रहेका छन् । उनलाई उच्च अदालत दिपायलले २०७५ सालमा ३ महिना २ दिन कैद सजाय सुनाएको थियो । २०७५ सालदेखि फरार रहेका उनलाई मंगलबार सदरमुकाम चैनपुरमा पक्राउ गरि प्रहरीले आज जिल्ला अदालतमा पेश गरेको छ । उनीमाथि गाउँमा चोरीडकैती गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्धा परेको थियो ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...