काठमाडौँबाट बझाङ आएका ६ किशोरीमा कोरोना पुष्टि, सदरमुकाम चैनपुरको एक होटल सिल

Image

बझाङ : बझाङमा काठमाडौँबाट फर्किएका ६ जना किशोरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। जिल्लाको साइपाल गाउँपालिका स्थायी बसोबास भएका ६ किशोरीमा मंगलबार संक्रमण पुष्टि भएको हो। उनीहरु ४ दिनअघि मात्र काठमाडौंबाट बझाङ फर्किएर चैनपुरको एक होटलमा बसिरहेका थिए। किशोरीमा संक्रमण पुष्टि भएपछि उनीरु बसेको होटल आसपासको क्षेत्र सिल गरिएको छ।

संक्रमित किशोरीको सम्पर्कमा आएकाहरुलाई सेल्फ क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गर्न जिल्ला अस्पताल आउन डाक्टर मिलन खड्काले आग्रह गरेका छन्। संघिय राजधानी काठमाडौँमा समुदाय स्तरमा कोरोेना संक्रमण फैलिसकेकाले जिल्ला बाहिरबाट फर्किनेलाई अनिवार्य क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गराउन समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन