बझाङ : बझाङमा बुधबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार संक्रमण पुष्टि हुनेमा थलारा गाउँपालिकाकी एक २० वर्षीया युवती रहेकी छन् । यो सँगै बझाङमा कोरोना संक्रमितको संख्या ५ सय ४२ जना पुगेको छ । हाल ४२ जना आइसोलेसनमा उपचाररत छन् भने ४ सय ९५ जनाले संक्रमण जितेर घर फर्किसकेका छन् । यसअघि असोज १६ गते जिल्ला अस्पताल बझाङको प्रयोगशालामा परिक्षण गर्दा मष्टा गाउँपालिकाका २ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै जिल्लाभरका क्वारेन्टाइनमा बुधबारको तथ्यांक अनुसार १ सय ३६ जना बसिरहेका छन् । क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएपछि बझाङका चार स्थानीय तहका क्वारेन्टाइन रित्तिएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्