सुदूरपश्चिममा चाडपर्वका लागि स्वदेश फर्किनको संख्या बढदै, भारत जाने क्रम पनि रोकिएन,

Image
फाईल तस्विर

महेन्द्रनगर : सुदुरपश्चिम प्रदेशमा स्वदेश फर्किने र भारत पस्ने क्रम जारी छ। सुदुरपश्चमकाे पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सयाैकाे संख्यामा नेपाल फर्किने र भारत जानेकाे लर्काे छ।  दशैं नजिकिदै गर्दा घर फर्कनेकाे संख्या बढने गरेकाे भए पनि यसपाली  दशैँ मनाउनका लागि स्वदेश फर्किने र मजदुरीका लागि भारत पस्नेको संख्या लगभग बराबर नै छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार असोज दोस्रो सातासम्म भारत जानेको संख्या बढि रहेकोमा पछिल्लो केही दिनयता भारतबाट स्वदेश फर्किनेको संख्या पनि बढि रहेको छ। बुधवार गड्डाचौकी नाका बाट २ सय ९२ जना  र गौरीफन्टा नाकाबाट १ हजार ४६ जना स्वदेश फर्किएका छन । त्यस्तै दुबै नाका बाट  ८ सय ७७ जना भारत गएका छन्। यस अघि भारत जानेकाे संख्या बढेकाे भए पनि पछिल्लाे समयमा भारत जान रासन कार्ड, आधार कार्ड, कम्पनीले बोलाएको आधिकारीक पत्र र बिरामीलाई मात्र जान दिएपछि भारत जानेको संख्यामा घटेकाे छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन