बलात्कारको घटनामा ५ सय दिएर मिलापत्र गराउने मष्टा गाँउपालीकाका ६ जना पक्राउ

Image

बझाङ: बझाङको मष्टा गाँउपालीकामा भयको बलात्कारको घटनालाई गाउँमै मिलापत्र गराउने ६ जना पक्राउ परेका छन् । गएको साउन २९ गते मष्टा गाउँपालिका– २ की १३ वर्षीय एक बालिकालाई घट्ट गएका वेला स्थानीय २० वर्षीय राजेन्द्र बोहराले जबर्जस्ती करणी गरेका थिए ।
बालीकाका परिवारले घटना बारे थाहा पाए पछि साउन ३१ गते गाउँलेहरूले बोहराबाट पाँच सय रुपैयाँ तिराई माफी माग्न लगाएर बलात्कारको घटना लुकाएका थिए ।

बलात्कार जस्तो जघन्य अपराधको घटना मिलापत्र गराए पछि मष्टा गाउँपालिका– २ का गल्फे बोहरा, लालबहादुर बोहरा, धनचडी बोहरा, थमकला बोहरा, बिरु दमाईं र वडा नं. ३ का धौल दमाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गरिएका विरुद्ध कानुनबमोजिम कारबाही अघि बढाउने डिएसपी रूपक खड्काले जानकारी दिए ।
घटनाको मिलापत्र गरेको एक महिना नबित्दै तिनै राजेन्द्र बोहराले १२ वर्षीय सम्झना कामीको बलात्कारपछि हत्या गरेका थिए ।बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेको केहि दिनमै उनी माथी जबजस्तीकरणीको मुद्धा परे पछि बलात्कारको घटनामा मिलापत्र भएको तथ्य बाहीर आएको थियो ।  बोहराले सम्झनाको बलात्कारपछि हत्यासमेत आफैँले गरेको स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन