दुर्गाथलीका असिना पिडित कृषकलाई राहत दिने गाँउपालिकाकाे तयारी

रिदम सिंह, बझाङः बझाङको दुर्गाथली गाँउपालिकाले असिनाबाट पिडित भएका स्थानियलाई राहत दिने तयारी थालेको छ । गत १२ गते राती आएको असिनापानीले गाँउपालिकाको वडा नं. १, २, ३ र ४ का स्थानियहरु जुजी, बिजडा, थली लगाएतका जिउलामा लगाएको धानबाली, तरकारी, फलफुल लगाएत कोदो बालीमा नराम्ररी क्षेती पुर्याएपछी गाँउपालिकाले प्राभावितहरुका लागी राहत दिनका केन्द्र र प्रदेशसँग समन्वय गरिरहेको छ ।

पाक्नै लागेको धानबाली काट्ने बेला भएको समय र केहीले काटेर राखेको धान, पाक्न लागेको कोदोबालीमा क्षेती पुर्याएको भन्दै स्थानियहरुले गाँउपालिकामा मौखिक जानकारी गराएपछी गाँउपालिकाले प्रभावितहरुका लागी भन्दै राहत दिने निर्णय गर्न लागेको हो । दुर्गाथली गाँउपालिकाका प्रवक्ता महेश प्रसाद जोशीले भने ‘स्थानियहरुका साझा समस्या गाँउपालिकाको समस्या भएको भन्दै प्रभावितलाई गाँउपालिकाले राहत दिनका लागी पहल गरिरहेको छ । बेलाबेलामा स्थानियका लागी गाँउपालिकाले प्रभावकारी कार्यक्रम ल्याउदै आएको र यसपालि पनि गाँउमा भोकमरी नहोस् भन्नका लागी आइतबार गाँउकार्यपालिकाको वैठक बोलाएर प्रभावितका लागी राहतको ब्यबस्था गरिदिनका लागी प्रदेश र केन्द्र सरकारलाई पत्राचार गछौ ।’

असोज १२ गते आएको असिनापानिले गाँउपालिकाको बिभिन्न क्षेत्रमा ठुलो मात्रमा क्षेती पुर्याएको थियो । पाकेर अन्नबाली भित्राउने समयमा असिनाले सवै अन्नलाई बगाएर लिएपछि त्यहाँका स्थानियहरु भोकमरी हुने भन्दै चिन्तामा छन् । ‘एकातिर कोरोनाको चपेटा अर्काेतिर बर्खाभरी मेहनत गरेर लगाएको अन्नबाली सवै असिनाले लगाएपछी किसानहरु चिन्तित भएका हुन् स्थानिय दिपक जोशीले भने ।’ एक्कासी बिहानको समयमा आएको असिनापानिले वडा न. १, २, ३, र ४ मा गरी झण्डै ६० लाख बराबरको क्षती गेरेको छ भने, वडा नं.४ मा मात्र झण्डै ४० लाख बराबरको क्षती गरेको दुर्गाथली गाँउपालिकाका प्रवक्ता महेश प्रसाद जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन