नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरस संक्रमण

काठमान्डौ ; नेपालमा पछिल्लो २४ घण्टामा पुनः २ हजार ७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ जनाको नमुना परीक्षण गर्दा २ हजार ७२२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै शुक्रबार सम्म कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै नेपालमा पछिल्लो २४ घण्टामा मात्र ३ हजार ३०७ जना संक्रमित निको भएको घर फर्केका छन् । हाल सम्म नेपालमा ६० हजार ६९६ जना निको भएर घर फर्केका छन् ।

त्यस्तै अहिले सम्म मृत्यु हुनेको संख्या ५२० जना पुगेको छ । भने हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् ।
उपत्यकामा १ हजार ६३८ संक्रमित थपिए

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन् ।

Loading...