मष्टा गाउपालीकाकी सम्झना कामी हत्याका आरोपित बोहरा माथि बलात्कारको अर्को मुद्दा

Image

प्रताप ओली बझाङ: बझाङको मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया सम्झना कामीको बलात्कार पछि हत्या घटनाका आरोपित राजेन्द्र बोहरा माथी फेरि अर्का बलात्कारको घटना दर्ता भएको छ।

आरोपित बोहरा हिरासतमै भएका बेला माथि सोही ठाँउकी १३ वर्षीया एक बालीकाले जाहेरी दिएकी हुन्। उनले आफूमाथि बोहराले साउन २९ गते बेलुकी जबरर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी दिएकी हुन्।

बालिका सम्झना कामीको असोज ७ गते बुधबार साँझ बलात्कारपछि हत्या भएको थियो। हत्या गरिएकी बालिकाका बाजेले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा जबरर्जस्तीकरणी गरी कर्तव्य ज्यान मुद्दा शीर्षकमा किटानी जाहेरी दिएका थिए। प्रहरीले खिकालाकै शंकास्पद व्यक्ति राजेन्द्र बोहरालाई असोज ८ गते नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो। घटनामा संलग्न रहेको आशंकामा बझाङ जिल्ला अदालतबाट आरोपित बोहरालाई हिरासतमा राख्न म्याद थप अनुमति पनि दिएकाले घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन