सम्झनाको न्याय र दोषिलाई कार्वाहीको माग गर्दै बझाङ देखि काठमाडौ सम्म प्रदर्शन

Image

बझाङः मष्टा गाउँपालिका वडा नम्बर २ खिकाला घर भएकि १२ बर्षिया सम्झना कामीको असोज ७ गते हत्या गरेको भन्दै दोषिलाई कार्वाहीको माग गर्दै बझाङ देखि काठमाडौ सम्म प्रदर्शन भएकाे छ । दवाब मुलक कार्यक्रममा विध्यार्थिका संघ संगठन, मानवअधिकार रक्षक संजाल, महिला अधिकारकर्मी, दलित अधिकाकर्मीले हत्यारालाइ फाँसिको सजाय दिनु पर्ने माग राख्दै प्रदर्शन गरेका छन । 

हत्यामा संग्लग्नलाई काबार्हिको दायरामा ल्याउनु पर्ने र सम्झनालाइ न्याय दिनका लागी आफुहरु प्रदर्हनमा उत्रिएकाे अनेरास्ववियू बझाङका संयाेजक प्रविन्द्र धामिले बताए । याे घटना पनि निर्मला पन्तकाे जस्तै हुन सक्ने भन्दै सम्झनाले न्याय नपाए सम्म आन्दाेलन जारी रहने उनकाे भनाई छ । यस्तै महिला अधिकारकर्मी सविता खड्काले पनि १२ बर्षिया सम्झनाको हत्या एकदमै निन्दनिय भएको र महिला अधिकारकर्मीको तर्फबाट दबाब मुलक कार्यक्रम गर्नका लागी आफुहरु तयार रहेको बताउनु भयो । दबाब मुलक कार्यक्रममा सहभागी भएका सम्झनाका अंकल मष्टा गाउँपालिका २ घर भएका बालन विसिले भने, सम्झनाको हत्याका घटनाले आफु बोल्न सक्ने अवस्थामा नरहेको र दोषिलाइ काबार्हिका लागी सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन