बझाङकाे थलारा गाउँपालिकाले कोभिड अस्पताल बनाउँदै

बझाङ : थलारा गाउँपालिकाले पाराकाट्नेमा कोभिड अस्पताल निर्माण कार्य सुरु गरेको छ । थलारा गाउँपालिका गाउँकार्यपालिकाको गत बिहीबारको बसेको बैठकले पाराकाट्नेमा बनाउने निर्णय गरेको हो । थलारा ३ स्थित पाराकाट्ने स्वास्थ्य चौकीमा गाउँपालिकाले ५ शैयाको कोभिड अस्पताल बनाउने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीले बताएका छन् । संघीय सरकारले तत्काल प्रत्येक स्थानीय तहमा एकएक वटा ५ शैयाको कोभिड अस्पताल बनाउन १० लाख बजेटसहित एक जना एमबिबिएस डाक्टर र दुई जना स्टाफ नर्सको दरबन्दी पनि पठाएको छ ।

Loading...