बझाङ : साइपाल गाउँपालिकामा दुई जना सुत्केरीकाे स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर बाट उद्वारकाे तयारी भै रहेकाे छ । केही दिन अगाडी सुत्केरी भइसकेकी साइपाल गाउँपालिका ४ की सुनिता रोकायामा पेट दुख्ने, रगत बग्ने समस्या आएको र सोही वडाकी पेटमा ६-७ महिनाको बच्चा भएकी लामु तामाङलाई रक्त स्राब उत्पन्न भइ समस्या भएको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए ।
यस्तै दुबैजनाको समस्या आफूलाई जानकारी भइसकेकाले गृह मन्त्रालयलाई जानकारी दिइसकेको हुँदा दुबै जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बझाङ आउने तयारीमा रहेको प्रतिनिधिसभा सदस्य आशाकुमारी बिकले बताइन् । उनका अनुसार बिहान नेटवर्कको नहुँदा साइपालमा सम्पर्क नहुँदा हेलिकप्टर उड्न नसकेको र बिहान ८ बजेमात्रै सिमा प्रही चाैकीमा खबर भएकाले हेलिकप्टर बझाङ आउने तयारी छ ।