बझाङ : समिट एअरले बझाङमा सेवा दिने इच्छा देखाएको छ । बाजुराको कोल्टी विमानस्थलबाट धनगढी जाने क्रममा समिट एअर क्याप्टेन, कार्यकारी प्रमुख लगायतसँगको छलफलका क्रममा समिट एअरले बझाङमा पनि सेवा दिने इच्छा देखाएको हो ।
संविधानसभा सदस्य अफिलाल ओखेडा , पर्यटन व्यवसायी किशोर खड्का, समाजसेवी निर शाहीसँगको छलफलमा समिट बझाङमा सेवा दिन इच्छुक देखिएको छ । बझाङमा असोज पहिलो साताभित्र परिक्षण उडान गर्ने र टावरका कर्मचारी पठाएर चाँडै सेवा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
पर्यटन मन्त्री योगेश भट्टराई र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले बझाङको टावर सञ्चालनमा ल्याउनले बताएको पर्यटन व्यवसायी किशोर खड्काले बताए । उनका अनुसार नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले बझाङको टावर सञ्चालनका लागि छिट्टै कर्मचारी पठाउने हवाइ सेवा सञ्चालनमा ल्याउने आश्वासन दिएका छन् ।