बझाङ : राष्ट्रिय दलित नेट्वोर्कको वडा स्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संबैधानिक र कानुनी प्रवाधान तथा बैकल्पिक न्यायमा पहुच संयन्त्र बारे वडा स्तरीय कार्यसाला गोष्ठी तथा अन्तरसंम्बाद राष्ट्रिय दलित नेट्वोर्क (RDN )नेपालको आयोजना समावेशी फाउन्डेसन को सहकार्य र UNDP को सहयोगमा शनिबार संविधान दिवसका दिन बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नंम्बर ४ बिजगडामा सम्पन्न भएको राष्ट्रिय दलित नेट्वोर्क नेपालका का केन्द्रीय सदस्य स्याम सुनारले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको चार वटा जिल्ला कैलाली, डडेल्धुरा, बैतडी , बझाङमा कार्यशाला गोष्ठी गर्दै आएको राष्ट्रिय दलित नेट्वोर्क (RDN ) नेपालले बझाङको बुङ्गल नगरपालिका र थलरा गाउँपालिकामा पनि संकटमा परेका महिला ,दलित जनजातिर अन्य समुदाय लाई कानुनि सचेतना द्वारा न्यायको पहुँच पुर्याउने उदेश्यले कार्यशाला गोष्ठी तथा अन्तरसंम्बाद संन्चालन गर्दै आएको सदस्य सुनारले जानकारी दिए ।