Jayaprithvi Municipality

एकै दिन २ हजार २० जनामा कोरोना संक्रमण देखियाे

काठमाडौं: आज एकै दिन २ हजार २० जनामा कोरोना संक्रमण देखिएको छ । याे संगै नेपालमा कोरोना संक्रमितको  संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २  हजार २० संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना रहेका छन् । संक्रमित मध्ये ९ हजार २ सय ९५ जना आइसोलेसन र ८ हजार ८८ जना होम आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये १ सय ७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।पछिल्लो २४ घण्टामा ८ सय ७१ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...