रत्न माविलाई विव्यस अध्यक्ष धामीद्वारा खेल सामग्री सहयोग

Image

बुङ्गल। बुङ्गल नगरपालिका–३ स्थित रत्न माध्यमिक विद्यालय खोल्लेकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर धामीले विद्यालयलाई खेल सामग्री सहयोग गर्नुभएको छ।

अध्यक्ष धामीले भलिबल, नेट, कबड्डी खेलका लागि आवश्यक निही क्याप, एल्बो क्याप, मेजरिङ टेप, लाइन इन्डिकेटर, ज्याभलिन लगायत झण्डै २० हजार रुपैयाँ बराबरका विभिन्न खेल सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो।

विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक विकास, खेलकुद प्रतिभा पहिचान तथा खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सामग्री सहयोग गरिएको अध्यक्ष धामीले बताउनुभयो। उक्त सहयोगप्रति विद्यालय परिवारले खुशी व्यक्त गर्दै विद्यालयका तर्फबाट अध्यक्ष धामीप्रति हार्दिक आभार प्रकट गरेको छ। विद्यालयले यस प्रकारको सहयोगले विद्यार्थीको खेलकुदप्रति रुचि बढ्नुका साथै विद्यालयको समग्र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ। विद्यालय परिवारले आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन