बुंगल नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष १५ देखि सञ्चालन गरिदै

Image

बझाङ – बुंगल नगरपालिकामा आयोजना गरिने नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि पौष १५ गतेदेखि सुरु हुने भएको छ । पाचौँ संस्करणका रूपमा हुने यस प्रतियोगिता अन्तर्गतका खेलहरू सरस्वती माविको खेलमैदान बिजगडा र कन्या माध्यमिक विद्यालयको खेलमैदान झापामा सञ्चालन हुने बुंगल नगरपालिका खेलकुद समितिका अध्यक्ष शेर बहादुर कुंवरले बताउनु भयो । प्रतियोगिता भव्य बनाउने तयारी थालिएकोको छ । नगरपालिका भित्रका सबै माध्यमिक विद्यालयहरूको सहभागिता रहने प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्स, दौड, भाला फाल, सटपुट र लङ जम्प लगाएतका खेलहरू समावेश गरिएका छन्। यस प्रतियोगिताले खेलाडीहरूलाई राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि तयार पार्नुका साथै, उनीहरूको प्रतिभा उजागर गर्ने सुनौलो अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
खेलकुद समितिका अनुसार, खेलले विद्यार्थीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको उद्घाटन समारोहमा नगरपालिका प्रमुख, उपप्रमुख, स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा खेलप्रेमी समुदायका सदस्यहरू उपस्थित रहनेछन्। प्रतियोगिताले नगरपालिका भित्रका विद्यालयहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराई सामुदायिक एकता र खेल भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन