समीर कठाएत -बझाङ । राजा जयपृथ्वी बहादुर सिंहको १४९औं जन्मजयन्तीको अवसरमा छबिसपाथिभेरा गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय भलिबल, हाजिरीजवाफ तथा नृत्य प्रतियोगिता अन्तर्गत फाइनल खेल र पुरस्कार वितरण समारोह जयपृथ्वीनगर मेल्लेखस्थित सत्यवादी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
भलिबलतर्फ छात्र वर्गमा बान्निचौर साधारण तथा प्राविधिक माध्यमिक विद्यालयले विजयी भई प्रथम स्थान हासिल गरेको छ भने सत्यवादी मा.वि. जयपृथ्वीनगर मेल्लेख द्वितीय र शान्ति मा.वि. चौघानपाटा तृतीय बनेका छन्।
त्यस्तै छात्रा भलिबलतर्फ पनि बान्निचौर साधारण तथा प्राविधिक माध्यमिक विद्यालयले नै प्रथम स्थान हात पारेको छ। यसैतर्फ सत्यवादी मा.वि. जयपृथ्वीनगर मेल्लेख द्वितीय र जनप्रिय मा.वि. बगरगाउँ तृतीय स्थानमा रहन सफल भएका छन्।
हाजिरीजवाफतर्फ बाठपाली माध्यमिक विद्यालयले प्रथम, बान्निचौर माध्यमिक विद्यालयले द्वितीय र थलारा माध्यमिक विद्यालयले तृतीय स्थान प्राप्त गरेका छन्।
नृत्य प्रतियोगितामा लक्ष्मी आधारभूत विद्यालय पितडगडाले प्रथम स्थान हात पारेको छ भने सत्यवादी मा.वि. जयपृथ्वीनगर मेल्लेख द्वितीय र थलारा मा.वि. तृतीय बनेका छन्।
पुरस्कार राशी :
छात्र भलिबलतर्फ प्रथम हुने टोलीलाई नगद रु २० हजार, द्वितीयलाई रु ११ हजार र तृतीयलाई रु ७ हजार प्रदान गरिएको छ।
छात्रा भलिबलतर्फ प्रथम हुने टोलीलाई नगद रु १५ हजार, द्वितीयलाई रु ९ हजार र तृतीयलाई रु ७ हजार पुरस्कार प्रदान गरिएको छ।
























