बझाङ ; बझाङको बुंगल नगरपालिकाले लामो समयदेखि रिक्त रहेको प्रवक्ताको जिम्मेवारी वडा नं. ४ का अध्यक्ष गणेश बहादुर कार्कीलाई दिएको छ। हिजो बुधबार सम्पन्न नगर कार्यपालिकाको बैठकले कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
झण्डै तीन वर्षसम्म नगरपालिकामा प्रवक्ता बिहीन रहँदै आएकोमा अब भने नगरपालिकाले प्रवक्ता पाएको छ । यसैबीच, सोही कार्यपालिकाको बैठकले नगर शिक्षा समिति सदस्यको जिम्मेवारी वडा नं. ८ का अध्यक्ष लोकेन्द्र बहादुर जाग्रीलाई दिने निर्णय पनि गरेको छ। नगरपालिकाले दुबै जिम्मेवारी सुम्पिएसँगै संस्थागत सञ्चार र शैक्षिक क्षेत्रको समन्वयमा थप सुदृढता आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्























