बझाङमा निषेधाज्ञा जारी भएको तेस्रो दिन जिल्ला सदरमुकाम चैनपुर सुनसान

Image

बझाङ — बझाङमा आज निषेधाज्ञा जारी भएको तेस्रो दिन जिल्ला सदरमुकाम चैनपुर सुनसान छ । यस अघि जिल्लाका ४ वटा स्थानिय तहले निषेधाज्ञा जारी गरेको भए पनि जिल्ला कोभिड संकट व्यवस्थापन समितिले भदौ १७ गते राति १२ बजेबाट लागू हुने गरी भदौ २५ गते सम्मका लागि बझाङ जिल्लाभर लागू हुने गरी एक साता निषेधाज्ञा थप गरेको थियो । समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएको भन्दै ३ दिन अघि निषेधाज्ञा गरेको थियो छ ।

निषेधाज्ञा भए संगै अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि बन्द भएका छन । अहिले बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु खुले पनि अन्य गतिविधि भने हुने गरेको छैन । प्रहरीले निषेधाज्ञाको समयमा कडाई गर्न थाले पछि मानिसहरु घरभित्रै बसिरहेका छन । पहिले जस्तो हिडडुलमा रोक लगाईएकाले अहिले निषेधाज्ञा जारी भए संगै जिल्लाको सदरमुकाम लगायतका बजार क्षेत्र सुनसान भएका छन । जिल्लामा निषेधाज्ञाको पुर्ण पालना भएको पाइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्