जन्मदिनको अवसरमा वडा सचिव गिरीले गरिन वालवालिकालाइ लुगा वितरण

Image

सत्यराज सिंह बझाङ: जिल्लाको साइपाल गाउँपालिका ७ की वडा सचिव सुम्निमा गिरीले आफ्नो जन्मदिनको अवसरमा वालवालिकालाइ न्यानो लुगा वितरण गरेकी छन । जन्मदिनको अबसरमा रङ्ग रमाइलो गरि फजुल खर्च गरिरहेका बेला गिरीले आफ्नो २१ औं जन्मउत्सवको अवसरमा आफ्नै वडाका सम्पुर्ण वालवालिका तथा गाउँपालिका भरीका दलित वालवालिकालाइ न्यानो लुगा वितरण गरेकी छन । विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत १ सय ७० जना वालवालिकालाइ आफ्नै खर्चमा लुगा वितरण गरेकी हुन ।

१२ महिना चिसो लाग्ने साइपाल गाउँपालिकामा चिसोबाट जोगिएर सहज वातावरणमा बाल सिकाईलाई प्रभावकारी बनाउन लुगा वितरण गरेको सचिव गिरीले बताइन । सानो उमेरमा बढी हौसला पनि चाहिन्छ गिरीले भन्नि कोहि वालवालिकाको परिवार सधै कपडा किनिरहन पनि असक्षम हुनुहुन्छ, साथै भनेको बेला किन्न पाइने पसलहरु पनी छैन्न, वालवालिकाहरुलाइ हौसला दिनको लागी न्यानो लुगा उनीहरुलाई दिएकी हुँ ।’ पछिल्लो पुस्ताले रमाइलो गरेर जन्मदिन मनाउनुको साटो यस्ता क्रियाकलाप गर्ने हो भने सहयोग पनि पुग्ने उनले बताइन । कर्मचारीले यसरी मनाएको जन्मदिन गाउँमै नयाँ नौलोसंगै अरुले सिक्न लायक बनेको स्थानीय तिलक विकले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्