सुदूरपश्चिम प्रदेश भरि १ हजार भन्दा बढि संक्रिय संक्रमित बाजुरामा शुन्य

Image

धनगढी– सुदूरपश्चिम प्रदेश भरि एक हजार भन्दा बढि संक्रिय संक्रमित रहेका छन्।सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश भरिमा १ हजार ५१ जना संक्रिय संक्रमित छन्।  प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार सम्म सात हजार ५१ जनामा कोरोना पुष्टि भएको  छ। सुदूरपश्चिम प्रदेशमा ६ हजार बढि कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्।सुदूरपश्चिमका २० जनाको कोरोना संक्रमणकै कारणबाट मृत्यु भईसकेको छ।

निर्देशनालयका अनुसार सबैभन्दा बढि कैलालीमा ४ सय ५१ जना अछाममा १ सय २९, डोटीमा १ सय ३९, बझाङमा १ सय, बैतडीमा ८०  जना दार्चुलामा ३२, कञ्चनपुरमा ३५ र डडेल्धुरामा ११ जना संक्रिय संक्रमित रहेका छन्। बाजुरा जिल्लामा भने संक्रिय संक्रमितको संख्या सून्य छ। प्रदेशभर अहिले सम्म सात हजार तीन सय बढिमा कोरोना संक्रमण पुष्टि भईसकेको स्वास्थ्य तथा जनसंख्या निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन