बझाङः नेपाल पत्रकार महासंघ बझाङको बैठक सोमबार सम्मका लागी स्थगित भएको छ । गत २८ गते नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिती बझाङले सिफारिस गरेका ३६ जनामध्ये १८ जना गैरपत्रकार राखेको भन्दै आपत्ति जानाएको थियो । साथै विगतदेखी नेपाल पत्रकार महासंघ बझाङमा रहेका गैर तथा निष्क्रिय पत्रकारहरुको साधाण सदस्यता समेत खारेज गर्नु पर्ने माग गर्दै प्रेस संगठन बझाङले नेपाल पत्रकार महासंघ बझाङको कार्यालयमा तालाबन्दी गरेको थियो । कार्यालयमा तालावन्दी भएपछी नेपाल पत्रकार महासंघ बझाङले समस्या समाधानका लागी भन्दै आज बसेको सर्वपक्षिय बैठक सोमबारसम्मका लागी स्थगित भएको हो ।
सोमबार बस्ने बैठकबाट असन्तुष्ट प्रेस संगठन नेपाल र महासंघका पदाधिकारीहरुको बैठकबाट प्रेस संगठनले उठाएका मागलाई सामाधान हुने गरी बैठक बस्ने नेपाल पत्रकार महासंघ बझाङका सचिव शैलेन्द्र रोकायाले बताउनु भएको छ । उहाले भन्नु भयो “नेपाल पत्रकार महासंघ भित्र रहेका सदस्यहरुको सदस्यतालाई हेरफेर गरिने र प्रेस संगठनसँग बार्तागरी टुङ्गोमा पुगिने छ ।”
यता प्रेस संगठन नेपाल बझाङले पनि आफुहरुले राखेको असहमतिलाई समाधान गर्नका लागी आज बसेको बैठक सोमबार बस्नेगरी स्थगित भएको जनाएको छ । गैर पत्रकाहरुको सदस्यता खारेजीको माग गर्दै चरणबद्ध आन्दोलन को घोषणा गरेपछी नेपाल पत्रकार महासंघ जिल्लाशाखा बझाङले सर्वपक्षिय बैठक बोलाई टुङ्ग्याउन खोजेको भएपनि आजको बैठकमा टुङ्गो नलागेको प्रेस संगठन बझाङका संयोजक रमेश केसीले बताउनु भयो । नेपाल पत्रकार महासंघसँगको बिबाद टुङ्ग्याउन आफु तयार भएको र नेपाल पत्रकार महासंघ लचिलो भएको खण्डमा बार्ताका माध्ययमबाटसमस्या समाधान गर्न तयार रहेको प्रेस संगठन नेपाल बझाङले जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङमा लागेको तालको सम्बन्धमा भने, नेपाल पत्रकार महासंघले गैर तथा निष्क्रिय पत्रकाहरुको साधारण सदस्यता खारेज नगर्दासम्म तालाबन्दी जारी नै रहने प्रेस संगठन बझाङले जनाएको छ ।
विवाद समाधानका लागी बोलाईएको नेपाल पत्रकार महासंघकाे सर्वपक्षिय बैठक साेमवार सम्मका लागी स्थगित
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन












