Jayaprithvi Municipality

दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण, कार्यकक्षमै कुटिए पत्रकार

धनगढी:-  दिनेश सञ्चार गृहका सह–सम्पादक जनक विष्ट कार्यकक्षमै कुटिएका छन । धनगढीमा थुनुवा कक्ष भित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५/२० जनाले विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन्। समुहले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट पनि गरेका छन्।

धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन। उनी धनगढी उप–महानगरपालिकाका एक कर्मचारीका छोरा रहेको पाईएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा दिनेश खवरले  समाचार प्रकाशन गरेको थियो। यसै विषयलाई लिएर १५/२० जनाको अराजक समुहले दिनेश संचार गृह माथी आक्रमण भएकाे जनाघएको छ ।

हेर्नुस याे भिडीयो…………

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...