डोटीमा जीप दुर्घटना हुँदा १२ जना घाईते

धनगढीबाट अछामका लागि छुटेको जीप डोटीमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। शुक्रबार बिहान ५ बजे से १ ज ११६६ नम्वरको जीप डोटीको पुर्वीचौकी गाउँपालिका १ शान्तिनगर नजीकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

कार्यालयका प्रहरी निरिक्षक कर्णवहादुर बोहराले घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको बताए। जिप सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बोहराले जानकारी दिए।

घाइते हुनेहरूमा अछामको मेल्लेख गाउँपालिकाका दानी टमटा, रूपबहादुर खड्का, राजेन्द्र बम, धनबहादुर शाह, नरबहादुर रावल, कमला खड्का, दानसिँह टमटा, सपना टमटा, मनसारा टमटा, संकर टमटा, पारस टमटा रहेको डीएसपी मल्लले जानकारी दिए।

घाइतेमध्ये दानसिंह टमटाको अवस्था गम्भीर रहेको छ । जीपमा १४ जना सवार रहेको बुझिएको छ । चालक सम्पर्कमा नआएको  र उनलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ ।

Loading...