मष्टाको युवा समूहद्धारा जयपृथ्वीका एक युवक कुटिए

Image

चैनपुर : मष्टा गाउँपालिकाको एक युवा समूहले कुटपिट गर्दा जयपृथ्वी नगरपालिकाका एक युवक गम्भीर घाइते भएका छन् । गयराति ९ बजे कपडेपुल नजिक जयपृथ्वी नगरपालिका ११ साइलाबगर बस्ने लोकबहादर खड्काका १६ वर्षीय छोरा शुशिल खड्कामाथि कुटपिट भएको हो ।

मष्टा गाउँपालिका १ बस्ने लव थापा, कुश थापा, आकाश थापा, रोशन ऐडी र कुमार रोकाया लगायतका युवा समूहले कुटपिट गर्दा गम्भीर घाइते बनेका शुशिल खड्काको टाउको र ढाडमा चोट लागेको छ । घाइते शुशिलको टाउकोमा पाँच टाँका लागेको प्रहरीले जनाएको छ ।

जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरिक्षक दिपक उपाध्यायको कमान्डमा टोलीले युवाहरुलाई पछ्याएको थियो । पछ्याउँदा कुटपिट गर्नेमध्ये कुश थापा र रोशन ऐडी नियन्त्रण लिएको र अन्य फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन