भरत बोहराको आत्मस्वीकारोक्ति, शैलेश सिंहसँग मागे सार्वजनिक माफी

Image

बझाङ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश अधिवेशनका क्रममा धनगढीस्थित रिद्धि–सिद्धि पार्टी प्यालेसमा भएको विवाद र झडपपछि भरत बोहराले सार्वजनिक रूपमा माफी माग्दै विवाद साम्य भएको बताएका छन्। बोहराले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै आफूबाट गल्ती भएको महसुस भएको र रास्वपा नेता शैलेश कुमार सिंहसँग क्षमा मागेको जानकारी दिएका हुन्। उनले शैलेश सिंहप्रति सामाजिक सञ्जालमा लेखिएका आफ्ना केही टिप्पणीहरू भ्रमपूर्ण र कपोलकल्पित रहेको स्वीकार गर्दै आवेगमा आएर त्यस्ता अभिव्यक्ति दिएको बताएका छन्।

“मैले गल्ती गरेको महसुस भएको छ। म क्षमा चाहन्छु। मेरा नेता आदरणीय दाइ शैलेश कुमार सिंहप्रति लेखिएका कुराहरू भ्रमक र कपोलकल्पित थिए,” बोहराले फेसबुकमा उल्लेख गरेका छन्। उनले आफूले गरेको दुव्र्यवहारप्रति क्षमा माग्दै अब उप्रान्त शैलेश सिंहप्रति कुनै पनि प्रकारको अपमानजनक व्यवहार नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै सिंहले दिएको क्षमालाई स्वीकार गर्दै विवाद अन्त्य भएको संकेत गरेका छन्। बोहराले उक्त घटनाबाट पार्टी पंक्तिमा परेको असरप्रति पनि क्षमायाचना गरेका छन्। उनले दाजुभाइबीचको विषयलाई जातीय, क्षेत्रीय तथा राजनीतिक रंग दिन खोज्ने प्रवृत्तिको आलोचना गर्दै त्यस्ता गतिविधिप्रति घोर भत्र्सना गरेका छन्।

“अबदेखि हाम्रो बीचमा कुनै दुश्मनी नरहेको जानकारी गराउँछु,” उनले स्टाटसमा लेखेका छन्। उनले आफ्ना आफन्त, शुभेच्छुक तथा समर्थकहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै सामाजिक सञ्जालमा जथाभावी भ्रामक सामग्री प्रकाशन नगर्नसमेत अनुरोध गरेका छन्। असार १ गते रिद्धि–सिद्धि पार्टी प्यालेसमा रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशनका क्रममा शैलेश सिंह र भरत बोहरा पक्षबीच झडप भएको थियो। घटनापछि दुवै पक्षबाट आरोप–प्रत्यारोप सार्वजनिक भएका थिए। तर पछिल्लो माफी र मेलमिलापको घोषणासँगै विवाद साम्य भएकोे छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन