मेयर कप U-19 क्रिकेट छनौट प्रतियोगिता बझाङमा सुरु

Image

बझाङ मेयर कप बझाङ जिल्ला स्तरीय U-19 पुरुष क्रिकेट छनौट प्रतियोगिता आजदेखि सुरु भएको छ। बुङल नगरपालिका–१ दहबगरमा आयोजना गरिएको उक्त प्रतियोगिताबाट बझाङ जिल्लाको U-19 पुरुष क्रिकेट टिम छनौट गरिने बझाङ क्रिकेट संघका अध्यक्ष प्रबिन्द्र धामीले जानकारी दिएका छन्।

बझाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रबिन्द्र धामीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व खेलकुद राज्यमन्त्री नरेस बहादुर सिंह सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विशेष अतिथिका रूपमा बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल बहादुर सिंहको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सुरेश ताम्राकारले गर्नुभएको थियो।

जिल्लास्तरको यस प्रतियोगितामा कुल ८ वटा टिमको सहभागिता रहेको छ। सहभागी टिमहरूमा दुर्गाथली गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदारस्युँ गाउँपालिका, बुङल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, तलकोट गाउँपालिका र थलारा गाउँपालिका रहेका छन्। प्रतियोगिताको उद्घाटनसँगै भएको पहिलो खेलमा दुर्गाथली गाउँपालिका र थलारा गाउँपालिका आमनेसामने भएका थिए।

उक्त खेलमा दुर्गाथलीले उत्कृष्ट प्रदर्शन गर्दै थलारामाथि २८७ रनको फराकिलो जित हात पारेको छ। दुर्गाथलीले निर्धारित खेलमा ३३४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। प्रतियोगिताले जिल्लामा क्रिकेट खेलको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ भने उत्कृष्ट खेलाडीहरू छनौट गरी जिल्लाको U-19 टिम निर्माण गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन