बुङ्गल नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशी हाजिर

Image

बझाङ । बझाङको बुङ्गल नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा अम्मरराज जोशीले सोमबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाजुराको बुढीगंगा नगरपालिकामा कार्यरत नेपाल सरकारका उपसचिव जोशीलाई सरुवा गरी बुङ्गल नगरपालिकामा खटाएको हो ।

सरुवापछि जोशीले सोमबार नगरपालिकामा हाजिर भई कार्यभार ग्रहण गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत जोशीको हाजिरीसँगै नगरपालिकामा आयोजित कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूले उहाँलाई स्वागत गरेका छन् । लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएको नगरपालिकामा नेपाल सरकारका उप सचिव प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएपछि प्रशासनिक कामकाज थप व्यवस्थित, प्रभावकारी र गतिशील हुने अपेक्षा गरिएको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सेवा प्रवाह, योजना कार्यान्वयन तथा प्रशासनिक समन्वयमा सुधार आउने विश्वास गरिएको छ । स्थानीय जनप्रतिनिधिहरूले पनि समन्वयात्मक ढंगले काम गर्दै नगरपालिकाको विकास र सुशासनलाई प्राथमिकतामा राख्ने अपेक्षा व्यक्त गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन