साईपाल गाउँपालिकामा सिस्नो र अल्लोबाट साबुन उत्पादन, स्वरोजगारको नयाँ सम्भावना

Image

 बझाङ , साईपाल गाउँपालिका उधम विकास शाखाको आयोजनामा सञ्चालन गरिएको सिस्नो तथा अल्लो प्रसोधन गरी साबुन उत्पादनसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स्रोत–साधनको उपयोग गर्दै गाउँपालिकामै साबुन उत्पादन सुरु भएपछि स्वरोजगारको नयाँ बाटो खुलेको भन्दै सहभागी तथा स्थानीय जनसमुदायमा उत्साह छाएको छ। गरिबी निवारण तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा गाउँपालिकाभरिका प्रत्येक वडाबाट २ जना सहभागी गराई जम्मा १० जना नव–उधमीको सहभागिता रहेको थियो। तालिममार्फत सिस्नो र अल्लो जस्ता स्थानीय कच्चा पदार्थको प्रयोग गरी गुणस्तरीय साबुन उत्पादन गर्ने सीप प्रदान गरिएको थियो।

उधम विकास शाखा प्रमुख सन्तोष डडालले तालिमले साईपाल गाउँपालिकाका बासिन्दालाई आवश्यक पर्ने साबुन स्थानीयस्तरमै उत्पादन गर्न सकिने क्षमता विकास भएको बताउनुभयो। उहाँका अनुसार यसले रोजगारी सिर्जना गर्नुका साथै बाहिरबाट आयात हुने साबुनको विकल्पका रूपमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। तालिमपछि सहभागी नव–उधमीहरूलाई व्यवसायिक रूपमा अगाडि बढ्न आवश्यक सहजीकरण तथा सहयोग गर्ने योजना समेत रहेको उधम विकास शाखाले जनाएको छ। स्थानीय स्रोतको सदुपयोग र सीप विकासमार्फत आर्थिक सशक्तीकरण गर्ने दिशामा यो तालिम महत्वपूर्ण उपलब्धि भएको सहभागीहरूको भनाइ छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन