साईपाल गाउँपालिकामा तालाबन्दी, अस्पताल निर्माणका कामदारलाई ज्याला नदिँदा आक्रोश

Image

बझाङ — साईपाल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिकाअन्तर्गत निर्माणाधीन अस्पतालमा कार्यरत कामदारहरूले लामो समयदेखि ज्याला नपाएको भन्दै तालाबन्दी गरेका हुन्।

अस्पताल निर्माणमा संलग्न करिब एक सय जना कामदारले आफूहरूले गरेको कामको पारिश्रमिक समयमै नपाएको गुनासो गर्दै आएका थिए। पटक–पटक जिल्ला र गाउँपालिका तहमा छलफल भए पनि समस्या समाधान नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको कामदारहरूको भनाइ छ। उनीहरूले गाउँपालिका र ठेक्कादारबीच भएको सम्झौताअनुसार ज्याला नदिइएको आरोप लगाएका छन्।

प्रहरीका अनुसार गाउँपालिकाको कार्यपालिका बैठक चलिरहेको बेला कार्यालय बाहिरबाट ताला लगाइएको हो।
यसैबीच गाउँपालिका, ठेक्कादार र कामदारबीच भएको छलफलपछि आंशिक सहमति भएको वडा नम्बर ३ का वडा अध्यक्ष जंगवीर बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो किस्ताका रूपमा ५३ लाख रुपैयाँ भुक्तानी गर्ने र बाँकी ५३ लाख रुपैयाँ अर्को किस्तामा उपलब्ध गराउने सहमति भएको छ। बाँकी विषयमा थप सहमतिको प्रक्रिया अघि बढिरहेको उहाँले बताउनुभयो।

विवाद साम्य भइसकेपछि सहमतिका आधारमा ताला खोलिने एक कामदारले बताएका छन्। लामो समयदेखि ज्याला नपाउँदा आक्रोशित बनेका कामदारहरू सहमति कार्यान्वयनपछि समस्या समाधान हुने अपेक्षामा छन्। स्थानीयवासीहरूले सहमति कार्यान्वयन गर्दै अस्पताल निर्माणको अवरुद्ध काम तत्काल अगाडि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन