युवाहरूको सक्रियतामा बुङ्गल खेलकुद रंगशाला निर्माणको पहल

Image

बझाङ । बुङ्गल नगरपालिकामा दीर्घकालीन खेलकुद पूर्वाधार निर्माणको उद्देश्यसहित स्थानीय युवाहरूको सक्रियतामा बुङ्गल खेलकुद रंगशाला निर्माणका लागि पहल सुरु गरिएको छ।

बुङ्गल नगरपालिका वडा नम्बर ३ स्थित बुबिर गैराँ क्षेत्रमा रंगशाला निर्माणको सम्भावना अध्ययन गर्न आइतबार  युवाहरूको टोलीले स्थलगत अवलोकन गरेको हो। उक्त अवलोकन कार्यक्रममा वडा अध्यक्ष धर्मराज जोशीको सहभागिता रहेको थियो भने युवा व्यवसायी मिलन कुवर, दीपक बोहरा, रामचन्द्र जोशी, अरुण कुवरसहित स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

स्थलगत अवलोकनका क्रममा प्रस्तावित क्षेत्रको भौगोलिक अवस्था, खेलमैदान निर्माणका सम्भाव्यता, पहुँच मार्ग तथा आवश्यक पूर्वाधारबारे छलफल गरिएको थियो। युवाहरूले बुङ्गल नगरपालिकामा व्यवस्थित खेलकुद रंगशालाको अभाव रहेको उल्लेख गर्दै रंगशाला निर्माणले युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै स्थानीय तथा राष्ट्रियस्तरका खेल प्रतिभा उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखेका छन्। छलफलमा वडा अध्यक्ष धर्मराज जोशीले युवाहरूको अग्रसरता सराहनीय रहेको बताउँदै स्थानीय तहबाट आवश्यक समन्वय गरी प्रदेश तथा संघीय सरकारसँग रंगशाला निर्माणका लागि औपचारिक माग र पहल गरिने प्रतिबद्धता जनाउनुभयो।

युवाहरूले आगामी दिनमा सरोकारवाला निकायसँग समन्वय, आवश्यक प्रस्ताव तयारी तथा निरन्तर पहलमार्फत रंगशाला निर्माण प्रक्रियालाई अघि बढाउने जनाएका छन्।
युवाहरूको यस सक्रियताले बुङ्गल नगरपालिकामा खेलकुद विकासका लागि नयाँ सम्भावनाको ढोका खोलेको स्थानीयवासीहरूले अपेक्षा गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन