मेचिमहाकाली बुहारी संयुक्त आवाज बझाङ जिल्ला संयोजकमा शान्ती महत

Image

कर्ण धामी बझाङ  मेचिमहाकाली बुहारी संयुक्त आवाज बझाङ जिल्ला संयोजकमा शान्ती महत चयन भएकी छन । सस्थाकि अध्यक्ष यसु शर्मा सुब्बा र उपाध्यक्ष चन्द्रा काफ्लेले महतलाई जिल्ला सयोजकमा मनोनीत गरेका हुन । महिला तथा बालबालिकाको हक, हित तथा संरक्षणका निम्ति उहाँलाई जिम्मेवारी दिइएको हो । “महिला तथा बालबालिकाको हिंसा विरुद्ध हाम्रो अभियान” भन्ने मुल नाराका साथ स्थानीय स्तरमा रहेका विभिन्न पक्षमा जनचेतनामूलक अभियान सञ्चालन गर्न, भ्रष्टाचार, कुरिती, कुसंस्कार जस्ता बेथितिको न्यूनीकरण, लैङ्गिक तथा जातीय विभेदलाई कम गर्दै समाज रुपान्तरणबाट राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य रहेको संयोजक सान्ती महत ले बताईन ।

उनले भनिन् “यो जिम्मेवारी पाउँदा म आवाज बिहिन, महिला तथा बालबालिकाको स्तर उन्नतिको लागि सहयोग गर्नेछु।”
महतको जिल्लाको दुर्गाथली गाउँपालिका वडा ६ चुवाबनकि स्थायी बासिन्दा हुन । उनी धेरै लामो समय देखि जनताको पक्षमा बोल्दै आएकी छिन । महत मानवअधिकारका लागि एकल महिला समूह सुदुर पश्चिम प्रदेशको उपाध्यक्ष, नेपाल ट्रेड युनियन बझाङको महिला संयोजक तथा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन । महत स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसबाट दुर्गाथली गाउँपालिका उपाध्यक्षको उम्मेदवार पनि हुन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन