गाउँमा रोजगारी अभावले बढ्यो भारत पलायन, बुंगल–७ भयो सुनसान

Image

बझाङ – जिल्लाको बुंगल नगरपालिका–७ का स्थानीयवासीहरू रोजगारीको खोजीमा परिवारसहित भारत पलायन हुन थालेका छन् । गाउँमै रोजगारको अवसर नहुँदा अधिकांश घरधुरीका सदस्यहरू बेङ्गलोर हुँदै केरला, पञ्जाब र चेन्नैजस्ता भारतीय सहरहरूतर्फ गएका छन् ।

स्थानीय इश्वर बोहराका अनुसार गाउँमा रोजगारको कुनै विकल्प नहुँदा मानिसहरूले घरमा तालाबन्दी गरेर भारत जान थालेका हुन् । घरमा बस्दा पेट पाल्न सकिँदैन, त्यसैले सबैजना कामको खोजीमा भारततिर लागेका हुन् ।

गाउँ खाली हुँदै गएपछि अहिले गाउँ सुनसान भएको छ । “गाउँमा मान्छे नै छैनन्, कसैको मृत्यु भए पनि मलामी पाउन गाह्रो हुन्छ,” अर्का स्थानीय हर्कबहादुर बोहराले दुःख व्यक्त गर्नुभयो ।

वडा नं. ७ का वडा अध्यक्ष टंकप्रसाद जोशीका अनुसार वडा क्षेत्रमा करिब ८ सय घरधुरी र २ हजार जनसंख्या भए पनि हाल एक हजारभन्दा कम मात्र व्यक्ति गाउँमा बाँकी रहेका छन् । केवल वृद्धवृद्धा र साना बालबालिका मात्रै गाउँमा रहेका छन् ।

डाँडागाउँ टोलका मात्र करिब १ सय परिवार हाल बेङ्गलोर, केरला, पञ्जाब र चेन्नैमा बसोबास गरिरहेका छन् । कुल २५० घरधुरी रहेको उक्त टोल प्रायः खालीजस्तै बनेको छ ।

विद्यालयहरूमा समेत विद्यार्थीको संख्या घट्दो क्रममा छ । “आमाबुबा दुवै भारत जाँदा साना बालबालिकालाई समेत सँगै लैजाने भएकाले विद्यालयमा विद्यार्थी संख्या घटेकाे महादेव माध्यमिक विद्यालय अठपालीका प्रधानाध्यापक सूर्यबहादुर रानाले बताउनुभयो ।

हालै भारत जान लागेका स्थानीय मधन बोहराले भन्नुभयो, “पैसाको पछाडि लाग्दा आफ्ना छोराछोरीको भविष्य बिग्रँदै गएको छ ।”
छोराछोरीलाई एक्लै घरमा छोड्न साना भएकाले आफै संग लिनुपरेको छ ।

यो समस्या बुंगल–७ को मात्र होइन, देशभरकै ग्रामीण बस्तीहरूमा समान देखिँदै आएको छ । स्थानीयहरू भन्छन्, “यदि आफ्नै गाउँमा रोजगारीको व्यवस्था भएको भए, किन अर्काको देशमा गएर परिश्रम गर्नुपर्ने थियो र ?”

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन