बझाङमा ५४२ नयाँ मतदाता थपिए, कात्तिक ३० गतेसम्म नामावली अद्यावधिक जारी

Image

बझाङ – फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य अन्तर्गत बझाङमा ५४२ नयाँ मतदाता थपिएका छन्। निर्वाचन कार्यालयका अनुसार तीमध्ये ३६३ जना पुरुष र १७९ जना महिला रहेका छन्। असोज १० देखि कात्तिक १७ गतेसम्मको अवधिमा नयाँ मतदाता नाम दर्ता गरिएको हो।

सुदूरपश्चिमका अन्य जिल्लामा जस्तै बझाङमा पनि मतदाता दर्ता गराउनेको उत्साहजनक सहभागिता देखिएको छ।
निर्वाचन कार्यालयका निमित्त प्रमुख श्याम खड्काका अनुसार मतदाता नामावली अद्यावधिकका लागि कार्यालयहरू बेलुका ६ बजेसम्म खुला राखिएका छन्।
कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य निरन्तर जारी रहनेछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन