बुंगल नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा जोशी

Image

बझाङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रशासन र आर्थिक अधिकार सहित बझाङको बुङ्गल नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी धुर्वराज जोशीले पाउनु भएको छ ।

बुंगल नगरपालिकाका निवर्तमान निमित्त प्रमुख प्रशासकीय अधिकृत माधवप्रशाद जोशीले गत हप्ता आफ्नो व्यक्तिगत समस्याका कारण देखाउदै जिम्मेवारी बाट बाहिरीए थिए । गत भाद्रो दोस्रो सातातिर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुंगल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रातानाथ पनेरुलाई सरुवा गरेर पठाएको भएपनि लामो समय सम्म पनि उहाँ कार्यालयमा हाजिर नभएपछि मन्त्रालय फिर्ता बोलाइ , निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नगरपालिकामा कार्यरत अधिकृत सातौ तहका कर्मचारी जोशीलाई दिइएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को व्यवस्था नहुन्जेल सम्मका लागि प्रशासन र आर्थिक अधिकार सहितको जिम्मेवारी जोशीलाई सुम्पिएको छ । जोशीले यस अघि पनि २०८० असोज महिनामा पनि नुंगल नगरपालिकामै प्रशासकीय अधिकृतको जिम्मेवारी समाल्ने अवसर पाएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्