छबिस पाथिभेरा गाँऊपालिकामा कर्मचारी नै उपभोक्ता समितिको अध्यक्ष रकम हिनामिना गरेकोआरोप

Image

बझाङ जिल्लाको छबिस पाथिभेरा गाँऊपालिकाका कर्मचारी नै उपभोक्ता समितिको अध्यक्ष रहेको भेटिएको छ । स्थानिय तहको उपभोक्ता गठन कार्यविधि विपरित गाँऊपालिकाको सवारी चालक डबल धामी उपभोक्ता समितिको अध्यक्षमा रहेको तथ्य सार्वजनिक भएको छ । धामी उपभोक्ता समितिका अध्यक्ष रहेको योजनाको काम सम्पन्न भैसकेर रकम भुक्तानी भैसक्दा पनि मजदुरले पाउनु पर्ने ज्याला अझै पाउन सकेका छैनन् ।

आर्थिक वर्ष २०७५।०७६ मा गाँऊपालिकाको लगानीमा वडा नम्बर ७ को कुगंडादेखि थलारा गाँऊसम्म सडक निर्माण कार्यका लागि सात लाख रकम बराबरको योजना विनियोजित भएको छ । सकड निर्माणका क्रममा दुईवटा घर पहिरोको जोखिममा परेका छन् । जोखिममा परेका घरलाई सुरक्षीत गर्नका लागि गाउँपालिकाले ग्याबिन जाली लगाउन गत आर्थिक वर्षमा रु एक लाख रकम बराबरको योजना विनियोजित गरिएको छ । ग्याबिन जाली लगाउन उपभोक्ता डबल धामीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएर योजनाको काम सम्पन्न भैसक्दा पनि मजदुरले भने ज्याला पाउन सकेनन् ।

आर्थिक वर्ष समापन भएको महिनौ बितिसक्दा पनि आफुले काम गरेवाफतको ज्याला नपाएको स्थानियको गुनासो छ । स्थानिय शोभान धामीले भन्नुभयो, कोरोना महामारीले साँझ बिहान छाक टार्न पनि निकै गाह्रो भएको छ । केहि राहत हुन्छ कि भनेर नगरी बारम्बार समितिमा कुरा राख्यौँ तर अझै पनि ज्याला पाइएन । काम गरेको पैसा दिनुस भनेर बारम्बार उपभोक्ता समिति र वडाध्यक्षलाई आग्रह गर्दापनि पैसा आएको छैन उहाँले भन्नुहुन्छ ।

तर, गाउँपालिकाबाट भने सबै भुक्तानी भैसकेको छ । धामीले आफ्नो किर्ते हस्ताक्षर गरेर उपभोक्ता समितिले पैसा बुझेको पनि बताउनुभयो । उहाँले भन्नुभयो समितिलेवडा कार्यालयमा फर्जी हाजीरी तयार गरी रकम भुक्तानी लिइएको छ । मेरो आफ्नो सहितको किर्ते हस्ताक्षर गरेर ज्याला वाफतको रकम बुझि सकेको रहेछ । आफुले काम गरेको ज्याला पाउनु पर्छ भन्दा उपभोक्ता समितिका अध्यक्षले त के गर्छस? भनेर धम्क्याएको आरोप समेत लगाउनुभयो ।

उभभोक्ता समितिका अध्यक्ष डबल धामीले आफुले सडक निर्माणको लागि विनियोजित भएको सात लाख डोजर सञ्चालकलाई बुझाएको बताउनुभयो । उहाँले भन्नसभयो, सात लाख अघिल्लो वर्ष आएको पैसा हो । सबै पैसा डोजर सञ्चालक लाई बुझाएको छु । सडक खन्ने क्रममा दुई घर पहिरोको जोखिमा परे । घर जोगाउनको लागि वाल लगाउन भनेर गाउँपालिकाले फेरी एक लाख रकम थप गरेको हो ।

उपभोक्ता समितिको अध्यक्ष म भएपनि सम्पुर्ण कामको जिम्मा सोभान धामीलाई दिएको थिए । तर, सोभान धामीले काम गराउँदा धेरै जना सहभागि गराएको हुनाले साढे तिन लाखको काम भएको छ । गाउँपालिकाबाट एक लाख भुक्तानी भैसकेको छ । जसमध्येको पचास हजार स्थानिय जहरे धामीले लगेर फरार भएका छन् भने चालिस हजार धिर बहादुर जाग्रीले लिएका छन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन