बुङ्गलमा रैथाने तरकारी, फलफुल तथा कृषि बाली प्रदर्शनी मेला सम्पन्न , उत्कृष्ट किसान पुरस्कृत

Image

बझाङ – बझाङको बुङ्गल नगरपालिकामा रैथाने तरकारी, फलफुल तथा कृषि बाली प्रदर्शनी मेला भव्य रूपमा सम्पन्न भएको छ। दलित सहयोग समाज–जलवायु अनुकूल परियोजना बझाङको आयोजनामा, यूएमएन सुदूरपश्चिम प्रदेश क्लस्टर बुडर डोटीको सहयोग र बुङ्गल नगरपालिकाको समन्वयमा मेला आयोजना गरिएको हो।

“कृषि हाम्रो पहिचान, रैथाने बाली हाम्रो स्वावलम्बन” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको मेलामा बुङ्गल नगरपालिकाभित्रका किसानहरूले उत्पादन गरेका विभिन्न रैथाने बालीहरू आकर्षक रूपमा प्रदर्शन गरेका थिए। मेलाले स्थानीय उत्पादनको संरक्षण, बजारिकरण र किसानमा आत्मनिर्भरताको भावना जागृत गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

कार्यक्रम दलित सहयोग समाज बझाङका जिल्ला सचिव जयराज चलाउनेको सभापतित्वमा र बुङ्गल नगरपालिका–४ का वडा अध्यक्ष गणेश बहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, किसान, कृषि प्राविधिक, समाजसेवी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

मेलामा उत्कृष्ट रैथाने बाली उत्पादन गरी प्रदर्शन गर्ने किसानहरूलाई विभिन्न कृषिजन्य औजारहरु पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ। बिहीबार आज गरिएको प्रदर्शनमा ,तरकारीतर्फ प्रथम धनबहादुर बाग,द्वितीय हरसिंह ओखेडा, र तृतीय जानकीदेवी कुवर बनेका छन्। दलहनतर्फ प्रथम ममता जोशी,द्वितीय रुक्मिना पालसिंह, र तृतीय हिरा धामी बनेका छन्। त्यस्तै खाद्यान्नतर्फ प्रथम वसन्तराज जोशी, द्वितीय नरबहादुर कुंवर, तृतीय कटक कुंवर,र फलफुलतर्फ प्रथम धनशेर कुंवर,द्वतीय निराजन कुंवर, तथा तृतीय धनादेवी भारती बनेका छन्। उक्त मेला प्रर्दशनीबाट कुल ३० जना किसानलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको दलित सहयोग समाजका कृषि प्राविधिक लोकेन्द्र बहादुर रोकायाले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथी गणेश बहादुर कार्कीले यस्ता मेलाहरूले रैथाने बालीप्रति किसानको आकर्षण बढाउने, परम्परागत सीपलाई जगेर्ना गर्ने र कृषि पेशालाई सम्मान जनक बनाउने वातावरण सिर्जना गर्ने बताएका छन्। त्यस्तै, किसानले पनि मेलाले आफूहरूलाई अझ मेहनतपूर्वक उत्पादनमा जुट्न र प्रतिस्पर्धात्मक कृषि विकासतर्फ अघि बढ्न प्रेरणा दिएको समेत उहाँले बताउनुभयो ।कार्यक्रमको अन्त्यमा आयोजक संस्थाका सचिव तथा कार्यक्रमका सभापती जयराज चलाउनेले किसानका सीप, अनुभव र मेहनतलाई सम्मान गर्दै आगामी दिनमा अझ विस्तारित र प्रभावकारी रूपमा यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन