एक बर्ष सम्म पनि डोजर भाडा नपाए पछि मिडियामा आउन बाध्य भए

बझाङ  जिल्लाको दुर्गाथली गाउँपालिका–६ स्थित विनायक–चुवावन शाखा सडक खन्ने क्रममा प्रयोग भएको डोजर भाडा एक वर्ष बितिसक्दासमेत पाउन नसकेको डोजर मालिकले मिडियासँग गुनासो पोखेका छन् । सोमबार सदरमुकाम चैनपुरमा मिडियाकर्मीसँग कुरा गर्दै दुर्गाथली गाउँपालिका–६ का डोजर मालिक राजमल जाग्रीले उपभोक्ता समितिबाट डोजर भाडा पाउन नसकेको भन्दै गुनासो पोखेका हुन् ।
सडक निर्माण उपभोक्ता समितिसँग ०७६ जेठ १३ मा सम्झौता गरी डोजरले सडक खन्ने काम सुरु गरेका जाग्रीले एक वर्ष बितिसक्दासमेत आपूmले डोजरभाडा पाउन नसकेको मिडियाकर्मीसँग बताएका छन् । सडक निर्माण उपभोक्ता समिति र डोजर मालिकबीच भएको सम्झौतापत्रमा चुवावन सडकमा डोजर प्रयोग गरी सडक निर्माण गरेबापत समितिले १ करोड ११ लाख ५० हजार डोजर मालिकलाई उपलब्ध गराउने देखिन्छ । पत्रमा उक्त रकम डोजर मालिक राजमल जाग्री र धनराज जोशीलाई एक वर्षभित्र भुक्तानी गरिनेसमेत उल्लेख गरिएको छ । सम्झौतापछि आपूmले पेश्कीविना नै आप्mनै लगानीमा चुवावन सडक निर्माणको काम सुरु गरेको डोजर मालिक राजमल जाग्रीले बताएका छन् ।

दुर्गाथली गाउँपालिकाको १ करोड २४ लाख र प्रदेश सरकारको ४८ लाख गरी कुल १ करोड ७२ लाख लगानीमा चुवावन सडक निर्माण कार्य भइरहेको उपभोक्ता समितिले जानकारी दिएको छ । सडक खन्ने क्रममा जोडरलाई प्रत्येक १ घण्टा काम गरेबापत ७ हजार ५ सयका दरले रकम दिने गरेको पनि जानकारी प्राप्त भएको छ । प्राविधिक स्टिमेटअनुसार सबै डोजर मालिकको रकम चुक्ता गरिसकेको चुवावन सडक निर्माण उपभोक्ता समितिका पदाधिकारीले दाबी गरेका छन् । सडक निर्माणका समयमा प्रयोग भएका सबै डोजरको प्राविधिक मूल्यांकनअनुसार डोजर भाडा रकम भुक्तानि भइसकेको चुवावन सडक निर्माण उपभोक्ता समितिका सल्लाहाकार आनन्दलाल विकले बताएका छन् ।

यता डोजर मालिक राजमल जाग्री भने १५ सय घण्टा डोजर चलाए बापतको ८० लाख रकम आफूले पाउन बाँकी रहेको बताउँदै आएका छन् । काम सकिएको लामो समय हँुदा समेत भुक्तानी नपाउँदा आप्mनो व्यवसाय नै धरापमा परेको भन्दै चाँडै नै रकम भुक्तानी पाउँ भन्ने डोजर मालिक जाग्रीको माग रहेको छ । पटकपटक डोजर भाडा माग गर्दासमेत उपभोक्ता समितिका पदाधिकारीले कुनै सुनुवाई नगरेको पनि जाग्रीको आरोप छ । सडक निर्माण उपभोक्ता समितिले समयमै डोजर भाडा उपलब्ध नगरे कानुनी प्रक्रियामा जाने समेत जाग्रीले जानकारी दिएका छन् । चुवावन सडक खण्डको कुल लम्बाइ नौ किलोमिटर मध्ये चार किलोमिटर कच्ची सडक खन्ने काम र चट्टान तथा पहिरो पन्छ्याउने काम आफ्नाे डोजरद्वारा सम्पन्न गरेको पनि उनले जानकारी दिएका छन् ।

सम्झौतापछि काम सञ्चालन भइरहेको केही समयपछि राजमल जाग्रीको डोजर काम गर्दै गर्दा सडकबाट पल्टेपछि सडक निर्माण उपभोक्ता समितिले सोही सडकमा अन्य दुई वटा डोजर सञ्चालन गरेको जानकारी प्राप्त भएको छ । चुवावन सडक निर्माणका क्रममा आपूmले गरेको कामको पुनः मूल्यांकन गरी पाउनुपर्ने बाँकी रकम पाउनुपर्ने डोजर मालिक राजमल जाग्रीको भनाइ रहेको छ । सौर्य अनलाईनका लागी बझाङ राजेन्द्र सिंहले समाचार लेखेका छन ।

janahit ma jari sandesh
Masta R.M
Loading...