बझाङ : गत साउन २३ गते कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भएका चार जना कैदीबन्दीलाई जिल्ला कारागार बझाङमा स्थानान्तरण गरिएको छ।
कारागार प्रशासनका अनुसार उपचारपछि सेती प्रादेशिक अस्पतालमा रहेका उनीहरूकै निवेदनका आधारमा स्थानान्तरण गरिएको हो।
डिस्चार्ज भएपछि पनि अस्पतालमै रहेका घाइते चारै कैदीबन्दीलाई बझाङ ल्याइएको जिल्ला कारागार बझाङका जेलर राजेन्द्र फराडाले जानकारी दिए ।
साउन २३ गते राति कैलाली कारागारमा भएको हिंसात्मक घटनामा धनगढी उपमहानगर–४ का कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए । तीमध्ये उपचारपछि स्थानान्तरण गरिएका चारै जना अहिले जिल्ला कारागार बझाङमा रहेका छन्।
प्रतिक्रिया जनाउनुहाेस्
























