बझाङ : बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–७, सुवेडास्थित सुनिपिपलचौर माध्यमिक विद्यालयमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बझाङ शाखाले चार थान खानेपानी फिल्टर सहयोग गरेको छ ।
मंगलबार एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बझाङ शाखाका प्रमुख प्रविन्द्र धामीले सामुदायिक विकासमा निजी क्षेत्रको पनि जिम्मेवारी हुने बताए ।
उनले भने, ‘हामी सधैं विमासँगै सामाजिक उत्तरदायित्वलाई पनि महत्व दिन्छौं । बालबालिकाहरू स्वस्थ रहन स्वच्छ पानी अत्यावश्यक भएकाले यो सहयोग गरेका हौं ।’
सुनिपिपलचौर माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुभक्त जोशीले इन्स्योरेन्स कम्पनीप्रति आभार व्यक्त गर्दै गरेका छन् ।
उनले भने, ‘विद्यालयमा स्वच्छ खानेपानीको सुविधा अभाव रहेको अवस्थामा प्राप्त भएको यो सहयोग निकै उपयोगी हुनेछ । यसले विद्यार्थीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ । यस अघि स्वच्छ खानेपानी अभावले विद्यार्थीहरुमा समास्या देखिने गरेको थियो ।’
विद्यालय व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्र बहादुर सिंहले यस्तो सहयोगले विद्यालयको भौतिक विकासमा टेवा पुग्ने बताए ।
उनले भने, ‘सामाजिक उत्तरदायित्वअन्तर्गत निजी क्षेत्रबाट प्राप्त सहयोगले विद्यालयमा सकारात्मक परिवर्तन ल्याउँछ । हामीले आगामी दिनमा पनि यस्ता सहकार्यको अपेक्षा गरेका छौ ।’
सधैं विमासँगै सामाजिक उत्तरदायित्वलाई पनि महत्व दिन्छौं । बालबालिकाहरू स्वस्थ रहन स्वच्छ पानी अत्यावश्यक भएकाले यो सहयोग गरेका हौं ।’