बझाङ – बुंगल नगरपालिका–९ देउलिकोटमा रहेको केदार माध्यमिक विद्यालयलाइ पुर्व विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन ।
केदार माध्यमिक विद्यालयमा अध्ययन गरी हाल विभिन्न क्षेत्र र पेशामा संलग्न रहेका पुर्व विद्यार्थीहरूले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार सुधारका लागि लाखौ सहयोग गरेको प्र अ लालसिंह पुजाराले बताएका छन । विद्यालय परिवारले सहयोगी हातहरूप्रति सम्मान प्रकट गर्दै आगामी दिनहरूमा पनि प्रेरणा, सुझाव सल्लाह र साथको अपेक्षा राखेको छ ।
पुर्व विद्यार्थी एवम नेपाली कांग्रेस बुङ्गल नगर सभापति, नरेश थापाले रु एक लाख दस हजार रुपैया फर्निचरकालागी सहयोग गरेका छन त्यस्तै ९ नम्बर घर भएर हाल दक्षिण कोरियामा रहेका समाजसेवी झलक विष्ट,ले,रु २५, हजार कक्षाकोठा व्यवस्थापन र खेलकुद सामग्रीका लागि सहयोग गरेका छन् भने सोही वडाका अर्का् पुर्व विद्यार्थी तथा हाल अमेरिका बस्दै आउनुभएका समाजसेवी, इन्द्र विष्टले रु २५ हजार रुपैयाँ कक्षाकोठा र खेलकुद सामग्री व्यवस्थापनका सहयोग गरेका छन्।
विद्यालयपरिवारले यति ठुलो सहयोग गर्ने आफ्ना पुर्व बिद्यार्थीहरु प्रति उच्च सम्मान गर्दै, उज्जवल भविष्यको कामनासमेत व्यक्त गरेको छ ।
























